

बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव





काठमाडौं
बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको छ । विहीबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले अक्सिजनको अभाव हुन थालेको बताएका हुन् ।
बुधबार साँझ ६० वटा सिलिन्डर झारिएकोमा अब १० वटा मात्रै जडान गर्न बाँकी रहेको बताउँदै त्यसले आज दिउँसोसम्म मात्रै पुग्ने डाक्टर गौतमले बताए । कोरोना बिशेष अस्पतालमा दैनिक १ सय ५ सिलिन्डरले थेग्दै आएकोमा अहिले माग बढेर ५ सय सिलिन्डर पुगेको बताउँदै उनले आपुर्ति कम हुँदै गएको समस्या सुनाए ।
‘सिडिओसावलाई जानकारी गराइएको छ । प्रदेशका स्वास्थ्यमन्त्री ज्यु पनि भर्खरै हुनु भएकोले अलमलको अवस्था छ ,’ डाक्टर गौतमले भने –‘दाङ्गमा एक हप्ताअघि अक्सिजनको अभावमा भयावह स्थित आएको थियो । अब बुटवलमा पनि त्यस्तो स्थिति नआउला भन्न सकिन्न। ’
विरामीहरु बेड अभावमा भुईँमा लडिरहेको दृश्य शब्दमा चित्रण गर्न नसक्ने डाक्टर गौतमले बताए । उनले रकम अभावका कारण बुटवल धागो कारखानाको आइसोलेसनका संक्रमितहरुलाई अस्पतालले खान खुवाउन नसकेर बुधबार सामाजिक संघ संस्थासँग गुहार माग्नु परेको बताए ।
‘गत वर्ष अस्पताल आफैले त्यहाँ उपचार गराएका संक्रमितलाई खान खुवाएको थियो । त्यसको बिल भुक्तानी गर्न स्वास्थ्य निर्देशनालयले आनाकानी गरिरहेकोले तिर्न नसकेर यसपाली संक्रमितका परिवारले खुवाउनुस् भन्न बाध्य छौं,’ डाक्टर गौतमले भने ।
उनले रकम ब्यवस्थापन हुन सके अस्पताल भित्रै पनि दैनिक २० वटा सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने बताए ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया