

जडेजा चम्किँदा चेन्नईले बेङ्गलाेरलाई हरायाे


काठमाण्डाै
रविन्द्र जडेजा चम्किँदा इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले राेयल च्यालेन्जर्स बेङ्गलाेरलाई हराएकाे छ । मुम्बईमा आइतवार भएकाे पहिलाे खेलमा चेन्नईले बेङ्गलाेरलाई ६९ रनले हराएकाे हाे ।
रविन्द्र जडेजा ब्याटिङ र बलिङ दुवैमा चम्किएपछि बेङ्गलाेरले हार बेहाेरेकाे हाे । याे हारसँगै बेङ्गलाेरकाे अपराजित जितकाे यात्रा पनि ताेडिएकाे छ, लगातार चार खेल जितेकाे बेङ्गलाेर पाँचाैँ खेलमा पराजित भएकाे छ । चेन्नईले अन्तिम ओभरमा ३७ रन जाेड्दा जडेजाले पाँच छक्का र एक चाैका प्रहार गरे ।
चेन्नईले दिएकाे एक सय ९२ रनकाे लक्ष्य पछ्याएकाे बेङ्गलाेरले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै एक सय २२ रनमात्र बनाउन सक्याे । बेङ्गलाेरका लागि देवदत्त पडिक्कलले ३४ र ग्लेन म्याक्सवेलले २२ रन बनाए ।
बेङ्गलाेरलाई कम याेगफलमै राेक्न रविन्द्र जडेजाले चार ओभरमा एक मेडन राख्दै १३ रन दिँदा तीन विकेट लिए । यस्तै इमरान ताहिरले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे चेन्नईले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ९१ रन बनायाे । चेन्नईका लागि रविन्द्र जडेजाले २८ बलमा अविजित ६२ रन बनाए ।
जितसँगै चेन्नई पाँच खेलमा आठ अङ्कसहित अङ्क तालिककाे शीर्षस्थानमा उक्लिएकाे छ । पाँच खेलबाटै आठ अङ्क जाेडेकाे बेङ्गलाेर भने रनरेटका आधारमा दाेस्राे स्थानमा छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया