

भारतिय क्रिकेटर विराट कोहली भन्दा नेपालका कुशल अगाडि


काठमाडौं
२०२१ मा सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय रन बनाउने खेलाडीको सुचीमा कुशल भुर्तेल पाँचौ स्थानमा उक्लिएका छन् । नेदरल्यान्डस्विरुद्ध ७७ रन बनाएपछि भारतका कप्तान विराट कोहलीलाई उछिनेर उनी पाँचौ स्थानमा उक्लिएका हुन् ।
यस सुचीमा पाकिस्तानका महोम्मद रिजवान पहिलो, न्युजिल्यान्डका मार्टिन गुप्टिल दोस्रो, पाकिस्तानकै बाबर आजम तेस्रो, न्युजिल्यान्डका डिपी कनवे चौथो, नेपालका कुशल भुर्तेल पाँचौ र भारतका विराट कोहली छैटौं स्थानमा छन् ।
यस वर्ष सर्वाधिक टी–२० रन बनाउने क्रममा महोम्मद रिजवानले ९ खेलमा ४ सय ३९ रन बनाएका हुन् । आठ खेल खेलेर मार्टिन गुप्टिलले ३ सय १८ रन बनाएका छन् । त्यसैगरी बाबर आजमले ९ खेलमा ३ सय २ रन बनाएका छन् । डिपी कनवेले ८ खेलमा ७ इनिङ्ग्स खेल्दै २ सय ९९ रन बनाएका छन् । भूर्तेलले अहिलेसम्म खेलेका ५ वटा खेलमा २ सय ७९ रन बनाएका छन् । भारतका कप्तान कोहलीले यस वर्ष अहिलेसम्म खेलेका ५ वटा खेलमा २ सय ३१ रन बनाएका छन् ।
आईसीसीको शीर्ष १०० मा
काठमाडौंमा जारी त्रिदेशिय टी–२० अन्तर्रांष्ट्रिय शृंखलामार्फत नै टी–२० डेब्यु गरेका भुर्तेल यो प्रतियोगिता नसकिदैं स्टार ब्याट्सम्यान बनिसकेका छन् ।
उनी टी–२० खेलमा आईसीसीको शीर्ष १ सयभित्र पर्न सफल एकमात्रै नेपाली ब्याट्सम्यान हुन् । कुशलले खेलेका पाँच खेलमध्ये नेदरल्यान्डस्विरुद्धका तीन खेलमा क्रमश ६३, ६२ र ७७ रन तथा मलेसियाविरुद्धका दुुई खेलमा ६१ र १६ रन बनाएका छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया