

एउटै वडामा २० जनामा कोरोना संक्रमण पुष्टि



ई–साझाकुरा, साउन ३०
तनहुँको भानु नगरपालिका वडा नं १ मा २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
एउटै वडामा २० जना संक्रमित पुष्टि भएपछि अहिले सिंगो वडा र नगरपालिकामा सन्त्रास फैलिएको छ । क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा भानुको एउटै वडाका १४ जना पुरुष र ६ जना महिला गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालाय पोखराले जनाएको छ ।
केही दिनअगाडि भानुका एक निर्माण व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको र त्यसपछि उनको सम्पर्कमा आएका त्यस क्षेत्रका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय गरी करिब ९० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो ।
संक्रमितहरुलाई नजिकैको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको भानु नगरपालिका स्रोतले जानकारी दिएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया