

एउटै वडामा २० जनामा कोरोना संक्रमण पुष्टि



ई–साझाकुरा, साउन ३०
तनहुँको भानु नगरपालिका वडा नं १ मा २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
एउटै वडामा २० जना संक्रमित पुष्टि भएपछि अहिले सिंगो वडा र नगरपालिकामा सन्त्रास फैलिएको छ । क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा भानुको एउटै वडाका १४ जना पुरुष र ६ जना महिला गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालाय पोखराले जनाएको छ ।
केही दिनअगाडि भानुका एक निर्माण व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको र त्यसपछि उनको सम्पर्कमा आएका त्यस क्षेत्रका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय गरी करिब ९० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो ।
संक्रमितहरुलाई नजिकैको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको भानु नगरपालिका स्रोतले जानकारी दिएको छ ।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया