

देवदहमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न



रुपन्देही । रुपन्देहीको देवदहमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर बाल संजाल , देवदह नगरपालिकाको आयोजना , अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र सक्षम परियोजना बुटवल को सहकार्य र देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यलयकोको सहयोगमा नगर स्तरिय बाल अपाङ्गता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा देवदह नगरपालिका भित्र रहेका विभिन्न स्कुलबाट विद्यार्थीहरुको बाक्लो सहभागीता रहेको थियो । कार्यक्रममा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र सक्षम परियोजनाका जिल्ला सुपरभाइजर लेखनाथ आचार्यले बालमैत्री र अपाङ्गता, सोइया महिला स्वावलम्बी संस्थानको कर्मचारी रति पराजुलीले बाल अधिकार, देवदह प्रहरी चौकिका इनिस्पेक्टर दिपक महत क्षेत्रीले लागु पदार्थ दुर्वेसन, समाजिक व्यक्तित्व दिपेश मल्लले नेतृत्वको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नगर बाल संजालका पदाधिकारी लाई
प्रमुख अतिथी समेत रहनुभएका देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम थापाले सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रम नगर बाल संजाल देवदहका उपाध्यक्ष श्याम मौर्यको अध्यक्षता र सचिब राहुल सापकोटाको संचालनमा भएको थियो ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया