

भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो





काठमाण्डाै
भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ ।
गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ ।
भारतमा गएको २४ घण्टामा ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६६ हजार ८ सय ९२ पुगेको छ ।
भारतमा अहिलेसम्म १ करोड ९२ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाकाे कारण अवस्था गम्भीर बन्दै गएको छ । त्यहाँका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोखिममा परेका छन् ।
दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै तीन दिनमा दुई हजार शय्या थप गरिएको बताउनु भएको छ । यसैबीच कोरोना महामारीका कारण महाराष्ट्रमा कक्षा ११ को परीक्षा नहुने भएको छ ।
परीक्षा नलिइकन १२ कक्षामा विद्यार्थीलाई पठाइने त्यहाँका शिक्षा मन्त्रीले बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया