

कपिलवस्तुमा हात्तिपाईले बिरुद्ध औषधी अभियान, ५ लाख बढीलाई खुवाउने लक्ष्य





राजेन्द्र खनाल
कपिलवस्तु ।
चैत २० अर्थात भोली देखि कपिलवस्तुमा हात्तिपाईले बिरुद्धको १३औँ अधियान संचालन हुँदै छ । कपिलवस्तुका दश स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी गरिएको स्वास्थय कार्यालय तौलिहवाले जानाएको छ । यस अघि १२ औँ पटक सम्म औषधि अभियान संचालन भए पनि कपिलवस्तुबाट हात्तिपाईले निर्मूल हुन नसेपछि यस वर्ष १३ औँ पटक औषधी अभियान संचालन गर्नुपरेको स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश घिमिरेले बताउनुभयो ।
राष्ट्रिय हात्तीपाइले कार्यक्रम सर्भेको प्रारम्भिक तथ्यााङ्क अनुसार जिल्लाका विभिन्न पालिकाका नगरिकहरुमा हात्तिपाईले फाइलेरिया देखिएका कारण यो अभियान कपिलवस्तुमा संचालन हुन लागेको हो । भोली पहिलो दिन जिल्लाका सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुले हात्तिपाई बिरुद्धको औषधि प्रदान गर्ने छन भने शनिबार देखि जिल्लाका सबै वडाका नागरिकहरुलाई घरघरमै स्वास्थ्यकर्मीको निगरानीमा औषधी खुवाउने कार्यक्रम रहेको घिमिरेले जानकारी दिनुभयो । यसका लागि कपिलवस्तुमा ७ सय ५० भन्दा बढी स्वास्यकर्मी अभियानमा खटिदैँ छन् ।
हात्तीपाइले रोग रेशा जस्ता कीटाणुको सङ्क्रमणबाट लाग्ने गर्दछ । यसको वयस्क परजीवी ८ देखि १० सेन्टिमिटरसम्म लामो ह्ुने चिकत्सिकहरुको भनाई छ । यो परजीवी ¥याल ग्रन्थी लिम्फ नोडमा हुन्छ । यस अघि हात्तिपाईले बिरुद्धको अभियानलाई प्रभावकारी बनाउन जिल्लाका सरोकारवाला निकायहरुका बिचमा छलफल समेत भएको थियो ।
“लामखुट्टेको टोकाइबाट सर्ने रोग विभिन्न खालका छन् , तर पनि हात्तीपाइले रोग नसर्ने रोग हो, यसले मानिसको तुरुन्तै मृत्यु हुँदैन । ”लामखुट्टेले रातको समयमा रोगीलाई टोक्दा रगतसँगै सुक्ष्म फाइलेरिया यसको पेटमा जान्छ । लामखुट्टेको पेटमा विकसित भएर यो परजीवी मुखको ¥याल ग्रन्थीमा जम्मा हुन्छ ।”
औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, सात दिनको सुत्केरी, सिकिस्त बिरामीले खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ । सङ्क्रमण देखिनेमा यी अवस्था भन्दा बाहिरका रहेका छन् । साथै खाली पेटमा औषधि नखानसमेत आग्रह गरिएको छ । शरीरमा हात्तीपाइले रोगको जिवाणु रहेका व्यक्तिले औषधि सेवन पश्चात सामान्य केही लक्षण देखिने हुँदा नआत्तिन पनि आग्रह गरिएको छ । नेपालमा सन् २०१२ बाट हात्तीपाइले विरुद्धको औषधि खुवाउन शुरु गरिएको हो । देशभर कूल ६३ जिल्लामा हात्तीपाइलेको प्रभाव देखिएकोमा कपिलवस्तुमा जोखिम कायमै रहेको छ ।
कपिलवस्तुमा एक हप्तामा करिब ५ लाख ३८ हजार नागरिकहरुलाई हात्तिपाईले बिरुद्धको औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया