

कपिलवस्तु उद्योग बाणिज्य संघले पनि अब कोरोना जाँच्ने



ई–साझाकुरा, साउन २९
कोरोना संक्रमण नियन्त्रण गर्न सुरुदेखि नै जुर्मुराएर लागेको कपिलवस्तु उद्योग बाणिज्य संघले अब समुदायस्तरमा पनि पिसीआर जाँच गर्ने भएको छ । समुदायस्तरमा कोरोना संक्रमण बढेपछि थप संक्रमण नफैलियोस् भन्नको लागि पिसीआर जाँचतर्फ लागेको संघले जनाएको हो ।

नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, बैङ्क तथा वित्तिय संस्थाका प्रतिनिधि आदिको पिसीआर जाँच गरे पनि बिभिन्न ब्यापार ब्यवसाय संचालन गर्नेहरुमा कोरोना संक्रमण हुन सक्ने भन्दै उनीहरुको जाँच गरिने अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।
अत्यधिक भीँडभाड हुने किराना, फलफूल, दुग्ध डेरी आदि क्षेत्रका व्यवसायीको प्रतिनिधिमूलक ढंगबाट पिसीआर जाँच गरिने पौडेलले सञ्चार कर्मिलाई जानकारी दिए । कम्तिमा पनि एक सय कीट माग गरेको बताउँदै संघले ७० बढीको पिसीआर जाँच गर्ने जनाएको छ । अबको एक हप्ताभित्र जाँच सुरु गरिने पौडेलले जानकारी दिए । कोरोना दोश्रो चरणमा देखिएपछि संघले हाल मास्क तथा सेनेटाइजर वितरणको काम गरिरहेको छ । बुधबार पनि संघको कार्य क्षेत्रभित्र पर्ने स्थानमा सचेतना स्वरुप मास्क वितरण गर्ने काम गरेको थियो ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया