

बुधबार लुम्बिनी प्रदेशसभाको सातौँ अधिवशन बस्दै


बुटवल ।
लुम्बिनी प्रदेशको प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन बुधवार सुरु हुँदै छ। वर्षे अधिवेसन सकिएको ठीक छ महिनापछि हिउँदे अधिवेसन सुरु हुन लागेको छ। यस अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रुपमा एउटै पार्टी रहेका सत्तारुढ दल अहिले विभाजित अवस्थामा छन्।
सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले सत्तारुढ नेकपालाई एकिकरण अघिको अवस्थामा पु¥याइदिएको थियो। एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार गठबन्धन सरकारको रुपमा रहेको छ।
पुन विभाजित भएपछि अब दुइ दलको लागि छुट्टा छुट्टै लहरमा बस्ने व्यवस्था मिलाइने छ। कुन दल कसरी बस्ने भन्ने टुंगो कार्य व्यवस्था परामर्शको बैठकले निर्णय गर्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। ‘अर्को दलले समर्थन फिर्ता नलिइएको अवस्थामा गठबन्धन सरकार कायम रहन्छन्। मन्त्रीहरुको बसाई सरकारकै लहरमा हुन्छ।’ उनले भने ‘दल चाँही फरक फरक भएकाले लहर चाँही फरक फरक हुन्छ भन्ने नै छ। त्यस बारे कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल हुन्छ।’ बुधबारको बैठकको तयारीका सम्बन्धमा अपरान्ह कार्य व्यवस्था परामर्शको बैठक बस्दैछ।
कार्यव्यवस्था परामर्श समितिमा कार्यसूची बारे पनि छलफल हुने पुनले बताए। सचिवालयले कार्यसूचीको लागि विजनेश संयोजन गरेर राख्ने र कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने उनले जानकारी दिए।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया