

बुधबार लुम्बिनी प्रदेशसभाको सातौँ अधिवशन बस्दै



बुटवल ।
लुम्बिनी प्रदेशको प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन बुधवार सुरु हुँदै छ। वर्षे अधिवेसन सकिएको ठीक छ महिनापछि हिउँदे अधिवेसन सुरु हुन लागेको छ। यस अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रुपमा एउटै पार्टी रहेका सत्तारुढ दल अहिले विभाजित अवस्थामा छन्।
सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले सत्तारुढ नेकपालाई एकिकरण अघिको अवस्थामा पु¥याइदिएको थियो। एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार गठबन्धन सरकारको रुपमा रहेको छ।
पुन विभाजित भएपछि अब दुइ दलको लागि छुट्टा छुट्टै लहरमा बस्ने व्यवस्था मिलाइने छ। कुन दल कसरी बस्ने भन्ने टुंगो कार्य व्यवस्था परामर्शको बैठकले निर्णय गर्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। ‘अर्को दलले समर्थन फिर्ता नलिइएको अवस्थामा गठबन्धन सरकार कायम रहन्छन्। मन्त्रीहरुको बसाई सरकारकै लहरमा हुन्छ।’ उनले भने ‘दल चाँही फरक फरक भएकाले लहर चाँही फरक फरक हुन्छ भन्ने नै छ। त्यस बारे कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल हुन्छ।’ बुधबारको बैठकको तयारीका सम्बन्धमा अपरान्ह कार्य व्यवस्था परामर्शको बैठक बस्दैछ।
कार्यव्यवस्था परामर्श समितिमा कार्यसूची बारे पनि छलफल हुने पुनले बताए। सचिवालयले कार्यसूचीको लागि विजनेश संयोजन गरेर राख्ने र कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने उनले जानकारी दिए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया