

वनमा लागेको आगोले पाइप जलेपछि भलवाडको एक गाउँ तीन दिन खानेपानीबाट बञ्चित

कपिलवस्तु ।
कपिलवस्तुको भलवाड स्थित खुतखुते सामुदायिक वनमा लागेको ओगोका कारण भलवाडको एउटा सिँगो गाउँ खानेपानी बाट बञ्चित बनेको छ ।
वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित भर्लावासको गाउँका लागि वन क्षेत्र हुदैँ पाइपलाइनमा ल्याइएको खानेपानीको पाईप वनमा लागेको आगोका कारण नष्ट भएपछि सिँगो गाउँ पिउने पानीबाट बञ्चित भएको हो ।
केही दिन देखि वन क्षेत्रमा सल्एिको आगो स्थानिय वन उपभोक्ताहरु सहितको टोलीले नियन्त्रणमा लिएको भए पनि खानेपानीको पाइप जोगाउन नसकिएको स्थानियले बताएका छन् । वनका कोषाध्यक्ष खगप्रसाद बुढामगरका अनुसार वन क्षेत्रमा खुल्लै रहेको पानीको पाईप जलेको थियो । दुई दिन स्थानियले मर्मत गरेसँग्ौ अबको दुई दिनमा पानी गाउँमा ल्याइने उहाँले जानकारी दिनुभयो ।
वन क्षेत्रमा लागेको आगो भने नियन्त्रणमा आएको छ । पानीको पाईप जल्दा भर्लावासका नागरिक तीन दिन पुर्णरुपले खानेपानीबाट बञ्चित बनेका छन् । भर्लाबासमा पिउने पानीको स्रोत नै सोही पाइपलाईनको धारा रहेका कारण समस्या भएको हो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया