

निर्मूल भएन हात्तिपाइले, कपिलवस्तुमा १३ औँ पटक औषधी खुवाईदैँ



कपिलवस्तु
हात्तिपाईले रोग निर्मूल पार्न नसकिएपछि कपिलवस्तु जिल्लामा १३ अौँ पटक हात्तिपाईले विरुद्धको औषधि अधियान संचालन हुने भएको छ । कपिलवस्तुमा चैत्र २० गते देखि हात्तीपाईलेको औषधी खुवाईने भएको हो ।
स्वास्थ्य कार्यलय कपिलवस्तुको आयोजनामा तौलिहवामा राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम सम्बन्धी पत्रकारसंग अन्तरक्रिया गर्दै आज सो जानकारी दिईएको हो। अहिले कपिलवस्तुमा १३ औ चरणको औषधी खुवाईन लागेको छ । गत आर्थिक वर्ष सम्म कपिलवस्तुमा हात्तीपाईले भएका ५ सय ८९ जना रहेका छन्। खुट्टा सुन्निएको २०० जना, हाईड्रोशिल भएका ३ सय ८४ जना, हात तथा स्तन सुन्निएका ५ जना रहेको स्वास्थ्य कार्यलय कपिलवस्तुले जानकारी दिएको छ।
कपिलवस्तुमा १२.५ प्रतिशत रहेको र यस्लाई १ प्रतिशतमा झार्ने लक्ष्य राखिएको स्वास्थ्य कार्यलय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेयले बताउनु भएको छ। हात्तीपाईले भए पछि निको नहुने हुदाँ समय मै औषधी सेवन गर्न आग्रह गर्नु भएको छ। गत बर्ष ८२ प्रतिशतले औषधी सेवन गरेको यस वर्ष ५ लाख ७४ हजार ५ सय ७० जना अर्थात ८५ प्रतिशतलाई औषधी खुवाईने लक्ष्य राखिएको कपिलवस्तु अस्पतालका मेडिकल अधिकृत गंगाराम यादवले बताउनु भएको छ।
सन् २०२८मा १ प्रतिशतमा झार्ने लक्ष्य अनुसार स्वास्थ्यकर्मीलाई निर्देशन दिईएको यादवको बताउनु भयो। लगातार १२ औं पटक औषधी खुवाउने अभियान चलाउदा अधिकांशले औषधी सेवन नगर्दा कपिलवस्तुमा हात्तीपाईले रोग उच्च देखिएको उहाँको भनाई छ। हात्तीपाईले रोगको औषधीले वाकवाकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने बाहेक अन्य जटिल समस्या नदेखिने हुदाँ सबैले औषधी सेवन गर्न यादवले आग्रह गर्नु भएको छ। यो रागे नियमित औषधि सेवन गर्दा बच्न सकिने पनि बताउनु भएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया