

कृष्णनगरमा नागरिक आरोग्य सेवा केन्द्र द्वारा योगाभ्यास संचालन





कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालनमा रहेको नागरिक आरोग्य सेवा केन्द्रले विहानको समयमा योगाभ्यास संचालन गरेको छ । जसका कारण यतिबेला हरेक बिहानको समयमा नगरिकहरु योग गर्न जम्मा हुने गर्दछन् ।
विहान ६ बजे देखि ७ः३० सम्म संचालन भैरहेको योग अभ्यासमा सहभागी हुन समेत नागरिक आरोग्य सेवा केन्द्रद्वारा अनुरोध गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको समेत सहकार्य र सहयोग रहेको उक्त नागरिक आरोग्य सेवा केन्द्र संचालनमा आउदा स्थानीय पनि खुसी भएका छन् ।
जीवनशैली परिवर्तनका कारण विभिन्न प्रकारका रोगहरू बाट पिडित भएको अवस्थामा स्वास्थ्य रहनका लागी योगाभ्यास संचालन गरेको बताउदै योगाभ्यास वडास्तरमा समेत विस्तारै विस्तार गर्ने, नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरमा दैनिक ओपिडि सेवा संचालनमा रहेको र पंच कर्म सेवा समेत छिट्टै संचालनमा आउने नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर प्रसाद मिश्रले बताउनुभयो । सो योगाभ्यासका लागि योग प्रशिक्षकको रुपमा कृष्णनगरका समाजसेवी राहुल सिंह रहनुभएको छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया