

भारत : मध्य प्रदेशका तीन सहरमा पूर्ण लकडाउन, गुजरात र पन्जाबमा कर्फ्यु





काठमाण्डाै
भारतका आठ राज्यमा कारोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ ।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा कडाइ गरिएको छ ।
मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन छ । महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको छ । गुजरात र पन्जाबका केही सहरमा रात्रिकालिन कर्फ्यु लगाइएकाे छ भने केही ठाउँमा स्कुल कलेज बन्द गरिएको छ । यस्तै, मुम्बई सहरमा कोराना परीक्षण अनिवार्य गरिएको छ ।
परीक्षण गर्न अस्वीकार गर्नेलाई कारबाही गरिने त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पछिल्लो तीन दिनमा एक लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतमा अहिलेसम्म १ करोड १५ लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । एक लाख ५९ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक करोड ११ लाखभन्दा धेरै निको भएका छन् ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया