तिलोत्तमामा टिप्परको ठक्करबाट एक जना घाइते

बुटवल ।
तिलोत्तमाको ड्राइभर टोल चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १ क २१३७ नम्बरको टिप्परले लु ५ प ३७२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी तिलोतमा नगरपालिका–९ मंगलापुरका सुर्यबहादुर श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

खबर सबै