तिलोत्तमाको हाटबजारमा क्यूआर कोड सेवा सुरु

भैरहवा ।
लुम्बिनी प्रदेशमा डिजिटल बैंकिंङ्ग सर्वसाधारणको पहुँचसम्म पुर्याउन क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको अभियानमा तिलोत्तमा नगरपालिकाको योगीकुटीमा रहेको साप्ताहिक हाटबजार पनि थपिएको छ । प्रत्येक सोमबार र बिहीबार लाग्ने उक्त हाटबजारमा तरकारी तथा फलफुलका साथै अन्य पसलमा खरिद गर्दा पनि नगद रहित कोबार गर्न सकिने भएको छ ।
यस्ता भुक्तानीमा क्युआर कोड प्रयोग गरि उपभोक्ताले आफ्नो खाताबाट कुनै अतिरिक्त शुल्क नतिरी सेवा प्रदायकको खातामा रकम भुक्तानी गर्न सक्ने प्रणालीको यो बजार क्षेत्र पनि समाबेश गरिएको छ । चैत ५ गते देखी सुरु भएको उक्त प्रणालीको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले उदघाटन गरेका छन् ।

प्रतिक्रिया

खबर सबै