

लाफा समुहद्धारा ब्लड क्यान्सर र मृगौला पिडितलाई आर्थिक सहयोग




बुटवल
रुपन्देहीमा खेलकुद गतिविधिसंगै सामाजिक कार्यमा अग्रसर रहदै आएको लाफा समुह बुटवलले दुई जना बिरामीलाई ५८ हजार ४० रुपैंया आर्थिक सहयोग गरेको छ । लाफा समुह बुटवलले ब्लड क्यान्सर र मृगौला पिडित दुइजनालाई उपचारका लागि दोस्रो पटक आर्थिक सहयोग गरेको हो ।
बिगत चार वर्ष देखि ब्लड क्यान्सरबाट पिडित स्याङ्गजा घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका लाफा समुहका सक्रिय सदस्य प्रदिप श्रेष्ठको ७ बर्षिय छोरी आयुष्मा श्रेष्ठको उपचारका लागि ४६ हजार पाच सय ७० रुपैंया आर्थिक सहयोग गरेको छ । त्यस्तै क्लबले पाल्पा रामपुर घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका समुहका सदस्य ३० बर्षिय रेम बहादुर ठकुरीलाई पनि समुहले नगद १० हजार ४ सय ४० रुपैंया सहयोग गरेको छ ।
समुहका अध्यक्ष तारासिंह रेश्मी र सदस्य बिपिन श्रेष्ठको जन्मदिनको अबसरमा दुइजनाले २० हजार रुपैंया सहयोग गरेका थिए । त्यस्तै समुहका अन्य सदस्यबाट आर्थिक जुटाइ सहयोग गरेको समुहका संयोजक ज्ञानु सारुले जानकारी दिए । श्रेष्ठ र ठकुरीको उपचारका लागि यो भन्दा पहिला पनि समुहले २२÷२२ हजार रुपैंया आर्थिक सहयोग गरी सकेको र थप सहयोग जुटाइदिन समुहका संरक्षक बासुदेब लामिछानेले आग्रह गरेका छन ।
समुहले विभिन्न समयमा यस्तै आर्थिक अवस्था कमजोर भएका बिरामी र तिनीहरुको परिवारलाई आर्थिक सहयोग गर्दै आएको समुहका अध्यक्ष तारासिंह रेश्मीले बताए ।
समुहले विभिन्न सामाजिक काम गर्दै आएको छ भने बर्षमा दुई पटक रक्तदान गर्ने गरेको छ । यहि चैत ३ गते समुहले पुन रक्तदान कार्यक्रम राखेको हुदा रक्तदाताहरुलाई रक्तदान कार्यक्रममा सहभागी हुन अध्यक्ष रेश्मीले आग्रह गरे ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया