

कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट सुरु




बबिता गिरी, कपिलवस्तु
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा आज तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ को एक भव्य समारोहका बिच उद्घाटन गरिएको छ ।
कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहको अध्यक्ष्यता र नेपाली काङग्रेसका केन्द्रिय सदस्य दिपकुमार उपाध्यायको प्रमुख आतिथ्यता कार्यक्रममा रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले नेपाललाई अहिले खेल र खेलाडीले गर्दा विश्वले चिनिरहेको छ । खेल भनेको हारजित भन्दा पनि निरन्तर आफूले अभ्यास गरेर अगाडी बढ्ने सके सफलता हात हुने कुरा हो , यस प्रतियोगिताले विद्यालयको नाम जिल्लाको नाम र भोलि गएर देशको नाम उजागर गर्छ ।
हाम्रा युवा तथा बालबालिकाहरुमा लुकेर रहेका यस्ता अन्तर्रनिहित प्रतिभाहरुलाई प्रस्फूटन गराई त्यसको संरक्षण र प्रवर्धन गर्नका लागि अभिभावक तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापक हरुले ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ । यस्तै उपाध्यायले प्रतियोगिता सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
नगरभित्रका वडाका वडाध्यक्ष्य, कपिलवस्तु नगरपालिकाका पदाधिकारीहरु तथा विभिन्न मिडियाका सञ्चार कर्मिहरुको पनि कार्यक्रममा उपस्तिथी रहेको थियो ।
प्रतियोगितामा नगर भित्रका विभिन्न विद्यालयहरुको सहभागीता रहेको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया