आमाको खुट्टा मुनि स्वर्ग रहेको छ : मसहूद खां नेपाली

कृष्णनगर, फाल्गुन २४

महिला सुरक्षा,सम्मान र रोजगार समृद्ध नेपाल को आधार भन्ने राष्ट्रीय नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकाको सभा हालमा १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ।
कृष्णनगर नगरपालिकाको आयोजना र इलाका प्रहरी कार्यलय कृष्णानगर, आफन्त नेपाल, शान्ति पुर्नस्थापना गृह,साना हात,सुआहारा,माहुरी होम, लगायत संघ संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन भएको थियो।
कृष्णनगर नगरपालिकाकी उपप्रमुख शबनम खातुनको अध्यक्षता कार्यक्रममा रहेको थियो । त्यस्तै कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेल, बिओपी कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य,आन्तरिक राजस्व कार्यलय कृष्णनगर प्रमुख,लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की,कृष्णानगर नपा वडा नं २ वडाध्यक्ष संजय गुप्ता,१०नं वडाध्यक्ष अब्दुल मोबिन खां,३नं.वडाध्यक्ष सगीर अहमद खां लगायतको अाथितियता रहेको थियो ।
कार्यक्रममा बोल्दै कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेलले महिलाहरु हक अधिकार बाट वन्चित नहुनु पर्ने बताउदै महिला अधिकार सम्बन्धि समस्या रहेको ग्राउंड जिरो देखि नै समाधान गर्नु पर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली उपस्थित सबै लाई धन्यवाद दिदै महिला लाई उच्च सम्मान दिनु पर्नेमा जोड़ दिदै आमाको खुट्टा मुनि स्वर्ग रहेको बताउदै भनेकि स्विट्जरलैंडमा इस्लाम धर्मका महिलाले लगाउने बुर्का(नकाब) कपड़ा माथि लगाएको प्रतिबन्ध घोर निन्दनीय छ। महिला भएमा मात्र पुरुषको जीवन सार्थक हुने समेत बताउनु भयो।
कार्यक्रममा बोल्दै उपप्रमुख शबनम खातुनले महिला अधिकारका लागि आफुहरु सधै लड़ने बताउनुभयो र महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजायको व्यवस्था हुनुपर्ने कुरामा जोड़ दिदै कार्यक्रम समापनको घोषणा समेत गरेका थिइन।
सोहि कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपाल ले भन्सार प्रमुख, आयशा गर्लस कालेजका अध्यापक र २नं.वडाध्यक्ष समेत लाई दोसल्ला ओढ़ाई सम्मान गरेको र माहूरी होमका प्रतिनिधिले समेत महिला अधिकार क्षेत्रमा काम गर्ने विभिन्न व्यक्ति लाई प्रशंसा पत्र र दोसल्ला ओढ़ाई सम्मान गरेका थिए। कार्यक्रममा कृष्णनगर नगरपालिका महिला तथा बाल विकास शाखा प्रमुख थुमा उपाध्यय,सुआहाराका पृथीपाल तेली,लगायत नगरपालिका कर्मचारी पत्रकार, प्रहरी लगायत संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिती रहेको कार्यक्रम इश्वरी प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै