प्रधानमन्त्री पायो भने भाग्नेवाला छैन: देउवा

चितवन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले प्रधानमन्त्री हुने अवसर पायो भने जिम्मेवारी लिने बताएका छन्।

उनले यो कुरा आज चितवनमा आयोजित कार्यक्रममा भनेका हुन्।

‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’

आफूले प्रधानमन्त्री पद नमागेको पनि उनले बताए। उनले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने बताएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा उठाएको भन्दै जवाफमा उनले शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न पनि आग्रह गरेका छन्।

उनले प्रधानमन्त्रीका लागि मरिमेट्ने वा भाग्ने कुरा नहुने पनि बताए। ‘काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ,’ उनले भने।

प्रतिक्रिया

खबर सबै