

कुन उमेरमा कति घण्टा सुत्ने ? जानिराखौँ


काठमाडौं ।
स्वास्थ्य कायम राख्नका लागि पौष्टिक आहारका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । तर आजकल विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन् । यसले गर्दा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू आउँछन् ।
अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको अनुसन्धानअनुसार, उमेरको हिसाबमा हामी सबैले फरक फरक अवधिको निद्रा पूरा गर्नुपर्छ । पूरा निद्रा लिँदा मात्र अनेकौं रोगबाट बच्न सकिन्छ ।
शून्यदेखि तीन महिनाको बच्चाले १४ देखि १७ घन्टा सुत्नुपर्छ । चारदेखि ११ महिनाको बच्चाले १२ देखि १५ घन्टा सुत्नुपर्छ । एकदेखि दुई वर्षको बच्चाले ११ देखि १४ घन्टा सुत्नुपर्छ । तीनदेखि पाँच वर्षको बच्चाले १० देखि १३ घन्टा सुत्नुपर्छ । ६ देखि १३ वर्षको बच्चाले नौदेखि ११ घन्टा सुत्नुपर्छ । चौधदेखि १७ वर्षको किशोरले आठदेखि १० घन्टा सुत्नुपर्छ । अठारदेखि ६४ वर्षको मानिसले आठदेखि नौ घन्टा सुत्नुपर्छ । पैंसट्ठी वर्षभन्दा माथिको मानिसले सात घन्टा सुत्नुपर्छ । एजेन्सी ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया