
बाटो बिराएकालाई फर्कन प्रचण्ड-माधव पक्षको आग्रह

काठमाडौं
नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘ऐतिहासिक फैसला’ भनेको छ । सो पार्टीको बुधबार बसेको अनौपचारिक स्थायी समितिको बैठकले सर्वोच्चको यो निर्णयले प्रतिनिधिसभालाई पुनःस्थापना मात्रै नगरी संविधान र लोकतन्त्रको रक्षा समेत गरेको ठहर गरेको छ ।
‘यसले देशलाई प्रतिगामी षडयन्त्रको ठुलो चक्रव्युमा र राजनीतिक संकटको अँध्यारो सुरुङतिर लैजाने खतराबाट पनि देशलाई बचाउने योगदान पुर्याएको छ’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसैले सर्वोच्च अदालतको यो ऐतिहासिक फैसलालाई पार्टीले उच्च मूल्याङ्कन गरेको छ ।’
साथै बैठकले प्रतिगमनविरोधि संघर्षमा सक्रिय रहने, सहयोग गर्ने सबै राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजलाई आभार र धन्यवाद प्रकट गरेको छ । नेकपाले ओलीको प्रतिगामी कदम असफल भएपनि त्यस्ता प्रवृत्तिका विरुद्ध सचेत रहन आवश्यक रहेको ठहर गरेको छ ।
‘पार्टीले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको उन्नता र सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक आर्थक रुपान्तरण, सामाजिक न्यायसहितको सम्बृद्धिलाई केन्द्रविन्दुमा राखेर आफ्नो पनि गम्भीर आत्मसमीक्षासहित अगाडि बढ्ने र सबै लोकतान्त्रिक शक्तिहरुसँग हातेमालो र सहकार्य गर्नुपर्ने निश्कर्ष निकालेको छ’ प्रवक्ता श्रेष्ठको भनाई छ ।
त्यस्तै बैठकले पार्टी एकतालाई प्रहार गर्ने, संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने ओलीले आत्मालोचनासहितको प्रस्तुति नभईकन ओलीसँग गरिने एकताको अर्थ नहुने प्रवक्ता श्रेष्ठले बताए । ‘हामी भ्रममा बाँच्ने पक्षमा छैनौ तर उहाँले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो, मैले संविधान, लोकतन्त्र र पार्टीविरुद्ध गल्ती गरेँ भनेर प्रस्तुत हुनुभयो, त्यसपछि विचार सिद्धान्तको एकताबद्ध भएर विधि पद्धतिमा चल्ने स्थिति पैदा भयो भने हामी सबैले चाहेको त्यहीँ हो’, नेता श्रेष्ठको भनाई छ । बैठकले भ्रममा परेर बाटो बिराएका नेता कार्यकर्ताहरुलाई मुल राजनीतिक पार्टीमा आउन आग्रह समेत गरेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया