जातीय समता समाजको राष्ट्रिय सम्मेलन सम्पन्न

 

रिसव आचार्य, बुटवल

राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाजको राष्ट्रिय सम्मेलन यहि फाल्गुन ८ र ९ गते बुटवलमा सम्पन्न भएको छ।

सम्मेलनले राजेश विश्वकर्माको अध्यक्षतामा १५ पुर्ण ,५ वैकल्पिक ,र ५ सल्लाहकार रहने गरि नयाँ केन्द्रीय कमिटी चयन गरेको छ। जसको उपाध्यक्ष मा टीका बि क ,गोबिन्द बिक,महासचिवमा भक्त बहादुर बि क ,सचिवमा गोपाल नेपाली र कोषाध्यक्षमा रेकम सुनार सहितको नँया कमिटि चयन गरेको छ।

कार्यक्रम को उद्घाटन पुर्व उपप्रधानमन्त्री मन्त्री समेत रहनु भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसिले गर्नुभएको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै केसिले जातिय छुवाछूत अन्त्य गर्नुको विकल्प नरहेको बताउनु भएको छ।उँहाले यो व्यवस्था बाट जातीय छुवाछूत मुक्त समेत हुन नसक्ने ठोकुवा गर्नु भएको छ।सामन्तवादी सोच र चिन्तन भएकाहरूको सत्तामा हालि मुहालि हुँदा सम्म जातीय छुवाछूत पनि अन्त्य हुन नसक्ने र हरेक प्रकारका विभेद ,शोषण,दमन,अत्याचार ,भष्टाचार,हत्याहिंसा न्युनिकरण हुन नसक्ने केसीको दाबी रहेको छ ।

समता समाजको राष्ट्रिय सम्मेलन गत वर्ष को फाल्गुन २२, २३ र २४ गते बुटवलमा गर्ने भनी तयारी पूरा भई अन्तिम चरणमा पुगेर कोरोना महामारीको प्रकोप बढ्न थालेपछि स्थगित भएको थियोे ।

कार्यक्रम समाजका अध्यक्ष दिल बहादुर बि क को अध्यक्षता, महासचिव गोविन्द बिकको सन्चालान ,र राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्र बहादुर केसि को प्रमुख आथित्यतामा बुटवलमा सम्पन्न भएको छ।

प्रतिक्रिया

खबर सबै