विश्व हिन्दु महासंघ नेपालको बैठक रुपन्देहीमा सुरु

बसन्ता भुषाल, रुपन्देही ।
रुपन्देहीमा विश्व हिन्दु महासंघ नेपालको केन्द्रीय कार्यकारिणी समिति तथा जिल्ला अध्यक्षहरुको बैठक शुरु भएको छ ।
समितिका १ सय ८ केन्द्रीय पदाधिकारी, सदस्यसहितको देशभरका प्रतिनिधिहरुको मंगलबारदेखि स्वामी नारायण मुक्तिनाथ धाममा बैठक शुरु भएको हो । बैठकमा बोल्ने सहभागीहरुले नेपालमा हिन्दु राज्य फर्काउन एकमत रहेको दाबी गरेका छन ।
धामका पिठाधिस १००८ लोकानन्द स्वामीले उद्घाटन गर्दै ब्यक्ति, समाज हुँदै विश्व संचालन गराउने वैज्ञानिक विधिका रुपमा हिन्दु शिक्षा महत्वपुर्ण रहेको बताए । आध्यात्मिक चिन्तनबाट नै समाजमा परिवर्तन आउने दाबी गर्दै उनले सनातन हिन्दु वैदिक शिक्षा प्रदान गर्ने गुरुकुल बनाउने गरि योजना ल्याउन सुझाव दिनुभयो ।

प्रतिक्रिया

खबर सबै