
रामकुमारीलाई पक्रेर सरकारले सबैको मुटु छामेको हो : माधव नेपाल

काठमाडौं
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सबैको मुटु छामेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले प्रचण्ड माधव समूहकी नेतृ झाँक्रीलाई २९ माघमा पक्राउ गरेको थियो भने साँझ रिहा गरेको थियो । ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर आगो लाग्ने स्थिति भएपछि सरकारले डराएर साँझ नै छाडेको नेता नेपालले बताए ।
प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘यो सबैको मुटु छामेको हो । रामकुमारीलाई पहिले समात्ने, अनि माधवकुमार नेपाल र पुष्पकमललाई गिरफ्तार गर्ने योजना रहेछ ।’
उनले प्रश्न गरे, ‘यिनका डरबाट हामी त्रसित हुन्छौं ? ज्ञानेन्द्र जस्ताको त सातो लियौं भने केपी ओली कहाँका हुन् ?’
प्राधनमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै उनले तानाशाह बन्न खोजेको बताए । भोलि संकटकाल लगाउने लगायतको आशंका रहेको भन्दै अध्यक्ष नेपालले भने, ‘जनताको अधिकार खोस्ने कुनै कुशासक आयो भने हामी सहने छैनौं ।’


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया