
बाबुरामजी र मलाई इतिहासले अलग हुन दिँदैन : प्रचण्ड


काठमाडौं
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ शनिबार सार्वजनिक भएको छ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा वरिष्ठ नेता अशोक राईलगायतको उपस्थितिमा पुस्तक विमोचन भएको हो।
विमोचन समारोहले प्रचण्ड र भट्टराईलाई एउटै मञ्चमा लामो समयपछि भेट गराएको छ। ‘गुमनाम आमाहरूको कथा’ पढेपछि हिजोका स्मरण ताजा भएको प्रचण्डले बताए। पुस्तक विमोचनपछि धारणा राख्दै प्रचण्डले बाबुरामसँग एउटै पार्टीमा नरहे पनि राजनीतिक मुद्दा र एजेण्डामा आफूहरू एकै ठाउँमा रहेको बताए।
प्रचण्डले भने, ‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौं। तर, मुद्दा र एजेण्डाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौं।’ इतिहासको कर्मको कारणले दुबै जना अलग हुन खोजे पनि चुम्बकले तानेजस्तो नजिक ल्याएको उनले बताए।
‘हामीलाई इतिहासले अलग हुन दिँदैन। ती हजारौं सहिदले हामीलाई अलग हुन दिँदैनन्,’ उनले भने।
‘गुमनाम आमाहरूको कथा’ भित्र रहेका रचनाहरूलाई सरसर्ती नियाल्दा हिजोका सबै स्मरण, अनुभव, अनुभूति ताजा भएर आएको आएको प्रचण्डले बताए।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया