फागुन ३ गते सरकारले गरेको असाधारण विकासबारे जानकारी दिन्छुः ओली

रुपन्देही

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको असाधारण विकासबाट विरोधीहरु डराएर हडबढाएको दाबी गरेका छन् । शनिबार बुटवलमा नेकपा ओली समूहले आयोजना गरेको आमसभामा उनले यस्तो दावी गरेका हुन् ।

उनले फागुन ३ गते आफ्नो नेतृत्वको सरकारले ३  वर्षमा गरेको कामको प्रगति विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि उनले बताए । ‘हामीले असाधारण विकास  गरेका छौँ,  जुन कुरा पर्सी थाह  पाउनु  हुनेछ’, ओलीको भनाइ छ ।
ओलीले लामो समय प्रचण्डको  विरोधमा समय खर्चिँदै उनले जनयुद्धका क्रममा योगदान दिएकाहरुलाई नहेरेको आरोप लगाए । उनले भने, ‘युवाहरुले  टाउकोमा कात्रो  बोकेर  लड्न  हिँड्नुस्  भनेर उक्साए, अनेक सपना  देखाएर सत्तामा पुग्ने भर्याङ  मात्रै  बनाए ।  हेर्नुस त अहिले  जनयुद्ध लड्नेहरुको  अवस्था  के छ  ?’

उनले पूर्वजनमुक्ति सेनालाई कम्तिमा पनि एक व्यक्ति एक रोजारीको व्यवस्था गर्ने आश्वासन समेत दिन भ्याए । सम्बोधनका क्रममा उनले आफूले प्रतिनिधिसभा संविधानसम्मत रुपमा विघटन समेत गरे । उनले प्रचण्ड–नेपाल समूहको  भाषणलाई  गाली पुराणको संज्ञा समेत सो क्रममा दिए ।

प्रतिक्रिया

खबर सबै