
ओली आउनुस्, बोल्ने पशुपतिनाथहरु गनौं : पन्त


काठमाडौं
नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले जनता कोसँग छन् भनेर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
प्रधानमन्त्री ओली हालै मात्र पशुपतिनाथ गएको उल्लेख गर्दै उनले नबोल्ने पशुपतिनाथ होइन, बोल्ने पशुपतिनाथलाई हेर्न आग्रह गरे । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको जनसभामा नेता पन्तले पशुपतिनाथ गएका प्रधानमन्त्रीले करिव १ अर्ब लाग्ने जलहरि बनाउन ३० करोड तत्काल दिने घोषणा गरेको भन्दै आलोचना गरेका छन् ।
राजाहरुले आफ्नो सम्बोधनको अन्त्यमा जहिल्यै पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने गरेको स्मरण गर्दै उनले भने, ‘पशुपतिनाथले राम्रै कल्याण गरे, नारायणहिटीबाट नागार्जुन पुर्याइदिए । अब ओजीलाई के कृपा गर्ने हो ?’
पशुपतिनाथले कृपा गर्ने भए राजा वीरेन्द्रको वंश नाश हुने थिएन भन्दै नेता पन्तले भने, ‘ओजीजी नबोल्ने पशुपतिनाथ होइन, बोल्ने पशुपतिनाथहरुलाई खुसी बनाउनुस्, जो यहाँ उपस्थित छन् । तराईका झुप्रोमा छन्, हिमाल र पहाडको झुप्रोमा छन्, मेची किनारमा छन्, महाकाली किनारमा छन् ।’
‘बोल्ने पशुपतिनाथ भनेका जनता भएको भन्दै उनले अघि भने, ‘चुनौती दिएर भन्न चाहन्छौं, आज गनौं । तपाईंले सत्ता र शक्तिको दुरुपयोग गरेर ल्याएका मानिसहरु र ज्यान हल्केलामा राखेर संविधानको रक्षाका लागि आएका जनता ।’
प्रचण्ड–माधव समूहका नेता पन्तले प्रधानमन्त्री ओलीको २३ माघको सम्बोधनमा समेत प्रश्न उठाए । आफ्नो पालामा जस्तो विकास कहिल्यै नभएको भनेका ओलीले केहीबेरमा प्रचण्ड र माधव नेपालले हातखुट्टा बाँधेर काम गर्न नदिएको भनेको भन्दै उनले भने, ‘कुन साँचो हो ? हातखुट्टा बाँधेर काम गर्न नदिएको भए तपाईले दाबी गरेको जस्तो विकास कसरी भयो ? विकास नै विकास भएको भए प्रचण्ड–माधवले कसरी हात खुट्टा बाँधे ?’


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया