पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई सोमबारदेखि कोरोना खोप दिइने

काठमाडाैँ

सरकारले सोमबारबाट पत्रकारहरू र कूटनीतिक नियोगका कर्मचारीहरूलाई कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ । पहिलाे चरणकाे काेराेना खाेप अभियान सम्पन्न भएसँगै दाेस्राे चरणमा पत्रकारहरूका साथै  कूटनीतिक नियोगका र सयुक्त राष्ट्र संघका कर्मचारी गरी करिब १९ हजार जनालाई खोप दिने जनाइएकाे छ ।

उनीहरूका लागि काठमडाैँ उपत्यकामा चारवटा अस्पतालमा खाेप केन्द्र राखिएकाे स्वास्थ्य सेवा विभागअन्तर्गतकाे खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए र उनका अनुसार पत्रकारहरूका लागि नयाँ बानेश्वस्थित सिभिल अस्पतालमा तथा कूटनीतिक नियोगका कर्मचारीका लागि बाँसबारीस्थित गंगालाल हृदयरोग अस्पताल र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा खाेप दिइने भएकाे हाे । यसैगरी संयुक्त राष्ट्र संघका कर्मचारीहरूका लागि ललितपरकाे पाटन अस्पतालमा खोप दिइनेछ ।

प्रतिक्रिया

खबर सबै