

पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई सोमबारदेखि कोरोना खोप दिइने


काठमाडाैँ
सरकारले सोमबारबाट पत्रकारहरू र कूटनीतिक नियोगका कर्मचारीहरूलाई कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ । पहिलाे चरणकाे काेराेना खाेप अभियान सम्पन्न भएसँगै दाेस्राे चरणमा पत्रकारहरूका साथै कूटनीतिक नियोगका र सयुक्त राष्ट्र संघका कर्मचारी गरी करिब १९ हजार जनालाई खोप दिने जनाइएकाे छ ।
उनीहरूका लागि काठमडाैँ उपत्यकामा चारवटा अस्पतालमा खाेप केन्द्र राखिएकाे स्वास्थ्य सेवा विभागअन्तर्गतकाे खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए र उनका अनुसार पत्रकारहरूका लागि नयाँ बानेश्वस्थित सिभिल अस्पतालमा तथा कूटनीतिक नियोगका कर्मचारीका लागि बाँसबारीस्थित गंगालाल हृदयरोग अस्पताल र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा खाेप दिइने भएकाे हाे । यसैगरी संयुक्त राष्ट्र संघका कर्मचारीहरूका लागि ललितपरकाे पाटन अस्पतालमा खोप दिइनेछ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया