

रुपन्देहीमा टिपरको ठक्करबाट एकको मृत्यु



बुटवल ।
टिपरको ठक्करबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ।
बुधबार बिहान रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं। ४ झुलनीपुलस्थित हुलाकी सडकखण्डमा भएको उक्त दुर्घटनामा मायादेवी ४ बनकसिया बस्ने २० वर्षीय रविकुमार तिवारीको मृत्यु भएको हो।
भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु २ ख २७०२ न।को टिपरले लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु ३९ प ५३१४ नको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका तिवारीको उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा सवा १० बजेतिर मृत्यु भएको हो।
दुर्घटनापछि टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया