कपिलवस्तु उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी : दुई पक्षका दुई प्यानल सार्वजनिक

कपिलवस्तु

कपिलवस्तु उद्योग बाणिज्य सघंको नया नेतृत्वका लागि चुनावी माहोल बढेको छ । संघको अधिवेशन नजिकिदै गर्दा चुनावी सरगर्मीले अहिले संघलाई तताएको छ ।

सहमतिको प्रयास विफल भएपछि आज नेपाली कांग्रेस र नेकपाका दुई छुट्टछुट्टै प्यानल चुनावी मैदानमा जाने गरी सार्वजनिक भएका छन् ।

अध्यक्ष पदका उमेद्धार बनेका नेपाली कांग्रेस प्यानलका व्यवसायी डोलकराम घिमिरे र नेकपा प्यानलका अध्यक्ष पदका उमेद्धारा टोपनारायण वेल्वासेले आज छुट्टाछुट्टै प्रत्रकार सम्मेलन गरी आ– आफ्ना प्यानलका उमेद्धारको नाम सार्वजनिक गरेका हुन ।

नेपाली कांग्रेसले सघंको अध्यक्ष सहित सबै पदमा उमेद्धवारी घोषणा गरेको छ । पत्रकार सम्मेलन गर्दै संघको अध्यक्षमा कांग्रेसले डोलकराम घिमिरेलाई उठाएको छ । यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लक्ष्मण अधिकारी, उद्योग उपाध्यक्षमा तुल्सीराम घिमिरे, बाणिज्य उपाध्यक्षमा खुमानन्द घिमिरे लाई उठाउने निणर्य गरेको छ । यस्तै महासचिवमा मनोज पौडेल, कोषाध्यक्षमा बिनोद पन्त, सचिवमा शंकर प्रसाद न्यौपाने, सह कोषाध्यक्षमा सेराज अहमद, महिला उपाध्यक्षमा इन्द्रीरा तिमिल्सीनालाई उमेद्धवार उठाउने निणर्य गरेको छ । यस्तै महिला सदस्यमा लक्ष्मी थारु र मिना पौडेल पोखरेललाई उठाउने निणर्य गरेको जनाइएको छ । यसैगरी एसोसेट उपाध्यक्षमा टोपनारायण भण्डारी सदस्यमा लक्ष्मण भुसाल र मनोज बानिया लाई उठाउने निणर्य गरेको छ भने वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, लेखा समितिमा कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्तलाई चुनावी मैदानमा लडाउने नेपाली काग्रेस पक्षले निर्णय गरेको हो ।

यसैबिच उता नेपाल कम्युनिष्ट पार्टी नेकपा प्यानलले अध्यक्ष पदमा व्यवसायी टोपनारायण वेल्वासे सहितको उमेद्धार टोलीको सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन मार्फत सो प्यानलले अध्यक्षमा वेल्वसे सँगै बरिष्ठ उपाध्यक्षमा छविलाल रेश्मी मगर, उपाध्यक्ष उद्योग तर्फ कृष्ण सापकोटा, उपाध्यक्ष वाणिज्य तर्फ कृष्णप्रसाद गैरेलाई उमेद्धारको रुपमा खडा गरेको छ । त्यस्तै उपाध्यक्ष एसोसियट तर्फ विरेन्द्र खाँण, उपाध्यक्ष वस्तुगतबाट बाबुराम पाण्डे उमेद्धारको रुपमा आएका छन् । त्यस्तै महासचिवमा कुशल पौडेल, सचिवमा खिमानन्द पौडेल, कोषाध्यक्षमा मनोहर योगी, सह कोषाध्यक्षमा ओमबहादुर केसी सहित महिला सदस्यमा शान्ति क्षेी र गिता पौडेल उमेद्धार रहेको प्यानलको घोषणा भएको छ ।

यसैबिच आफुहरुको जित निश्चित रहेको दुवै प्यानलले दावी पनि गरेका छन् । लामो समय सम्म उद्योगी व्यवसायीको क्षेत्रमा रहेर काम गरेको भन्दै कांग्रेस प्यानलका अध्यक्षका उमेद्धार डोलक राम घिमिरेले आफ्नो प्यानलको जित निश्चित रहेको बताए । यस्तै अर्काे तर्फ नेकपा प्यानलबाट उमेद्धारी दिएका अध्यक्ष पदका उमेद्धार टोपनारायण वेल्वासेले पनि सहमितिका आधारमा गए अध्यक्ष बन्ने पालो आफ्नो भएको बताउँदै चुनावमा गए पनि आफ्नो प्यानले जित्ने दावी गरे ।

दुवै प्यानलका अध्यक्षहरुले आफ्नो चुनावी नारा सहित कार्यपत्र समेत प्रस्तुत गरेका छन् । उद्योगी व्यवसायीको हक हित र उद्योग वाणिज्य संघको विकासका लागि तत्पर रहने बताएका छन् ।

प्रतिक्रिया

खबर सबै