

घरको छतले च्याप्दा कपिलवस्तुमा एक जनाको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ शिवपुरमा घरको छतले च्याप्दा एक जनाको मृत्यु भएको छ । घर भत्काउदै गर्दा छत भत्किएर च्यापे पछि शिवराज नगरपालिका वडा नं. ३ हचुवाका २६ बर्षका चिन्का चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
शिवपुरका विनोद कुँवरको पुरानो घर भत्काउने काम गर्दै गरेका चौधरीलाई एक्कासी छत भत्किएर च्यापेको हो । आइबार दिउँसो करिब ४ बजे छतले च्यापेर घाइते भएका चौधरीलाई उपचारका लागी बुटवल तर्फ लाग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक चौधरीको अहिले बहादुरगंज अस्पतालमा पोष्ट मार्टम भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख दिपेश खरेलले मोफसल खबरलाई बताए । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको समेत उनले बताए


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया