

नेपालमा कोरोना भाइरसको पहिलो सङ्क्रमण पुष्टि भएको एक वर्ष पूरा





काठमाण्डाै
नेपालमा कोरोना भाइरसको पहिलो सङ्क्रमण पुष्टि भएको एक वर्ष पूरा भएको छ । चीनको वुहान युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका ३२ वर्षीय पुरुषमा गएको वर्षको माघ १० गते कोरोना पुष्टि भएको थियो ।
एक वर्षको अवधिमा नेपालमा दुई लाख ६९ हजार एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ भने एक हजार नौ सय ९४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ । सङ्क्रमण पुष्टि भएका मध्ये दुई लाख ६३ हजार सात सय ३४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा तीन हजार चार सय ५२ जना सक्रिय संक्रमित छन् भने उनीहरु मध्ये एक सय ४७ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार पनि नेपालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण फैलदै गर्दा खुल्ला सीमा, परीक्षणका लागि प्रयोगशाला तथा किटको अभाव, स्वास्थ्य सामाग्री खरिदको भ्रष्टचार काण्ड लगायतका कारण सङ्क्रमण र त्रास बढे पनि विस्तारै अवस्था सामान्य हुँदै गएको छ ।
सङ्क्रमण नियन्त्रणका लागि सरकारले गएको चैत ११ गतेदेखि साउन छ गतेसम्म एक सय २० दिन देशव्यापी लकडाउन र त्यसपछि विभिन्न ठाउँमा निषेधाज्ञा लगाएको थियो । पछिल्लो समय परीक्षण, उपचार तथा खोप लगायत महामारी नियन्त्रणका काममा सरकारले लय समातेको छ । नेपालमा कोरोना नियन्त्रणको काममा स्वास्थ्यकर्मीहरुको योगदान विशेष रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार एक वर्षको अवधिमा सात हजार सात सय पाँच जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ भने ११ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । नेपालमा यसअघि विभिन्न सरुवा रोगको सङ्क्रमण फैलने गरेको भए पनि नियन्त्रणमा देशव्यापी महत्व पाएको थिएन । कोरोना महामारी फैलिएपछि भने भौतिक संरचना निर्माण, स्वास्थ्य उपकरण तथा दक्ष जनशक्ति तयार लगायतका काममा धेरै प्रगति भएको छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया