

निर्माणाधीन खानेपानी आयोजनाको पाइपमा आगलागी



रुपन्देहीको तिलोत्तमामा खानेपानी पाइपको थुप्रोमा आगलागी भएको छ ।
तिलोत्तमा–४ सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा शनिबार मध्यान्ह आगलागी भएको हो ।
आगलागीलाई बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकलले आधा घण्टामै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतितसिंह राठौरले जानकारी दिए ।
आगलागीबाट भएको क्षतिको यकीन विवरण आउन बाँकी रहेको उनले बताए । स्थानीयका अनुसार आगलागीबाट लाखौं मूल्यको पाइप जलेर नष्ट भएको छ ।
लामो समयदेखि स्टोर गरेर राखिएको पाइपमा कसरी र कसले आगो लगायो भन्ने बारे अनुसन्धान हुने डीएसपी राठौरले बताए ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया