

बाँकेमा आइतबार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



ई-साझाकुरा, २६ साउन ।
बाँकेमा आइतबार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालञ्न्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका थप ४८ सहित ५१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
आइतबार गरिएको परिक्षणमा ३० जना प्रहरीसहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जना बाहिर जिल्लाको नागरिकमा कोरोना संक्रमण देखिएको हो ।
वडा प्रहरी कार्यालय नेपालगञ्जबाट संकलन गरिएको ४७ जनाको स्वाबमध्ये २९ जना र एक जना बागेश्री मन्दिरमा बस्ने प्रहरीलाई कोरोना देखिएको छ । त्यस्तै १ जना प्रदेशसभा सदस्य, नेपालगञ्ज ५ का १, ११ का १ र कोहलपुरका २ जना तथा दाङका ३ जनामा संक्रमण देखिएको हो । आइतवार थप भएका संक्रमितसहित बाँकेमा कूल संक्रमितको संख्या ६ सय १५ पुगेको छ ।
यस्तै आज कोरोना संक्रमणका कारण बाँके जिल्लामा तेस्रो व्यक्तिको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार दिउँसो ३ बजे कोरोना संक्रमित कोहलपुर वडा नं–२ की एक ७० वर्षीया महिलाको मृत्यु भएको हो । बाँकेमा यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया