

बाँकेमा आइतबार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



ई-साझाकुरा, २६ साउन ।
बाँकेमा आइतबार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालञ्न्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका थप ४८ सहित ५१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
आइतबार गरिएको परिक्षणमा ३० जना प्रहरीसहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जना बाहिर जिल्लाको नागरिकमा कोरोना संक्रमण देखिएको हो ।
वडा प्रहरी कार्यालय नेपालगञ्जबाट संकलन गरिएको ४७ जनाको स्वाबमध्ये २९ जना र एक जना बागेश्री मन्दिरमा बस्ने प्रहरीलाई कोरोना देखिएको छ । त्यस्तै १ जना प्रदेशसभा सदस्य, नेपालगञ्ज ५ का १, ११ का १ र कोहलपुरका २ जना तथा दाङका ३ जनामा संक्रमण देखिएको हो । आइतवार थप भएका संक्रमितसहित बाँकेमा कूल संक्रमितको संख्या ६ सय १५ पुगेको छ ।
यस्तै आज कोरोना संक्रमणका कारण बाँके जिल्लामा तेस्रो व्यक्तिको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार दिउँसो ३ बजे कोरोना संक्रमित कोहलपुर वडा नं–२ की एक ७० वर्षीया महिलाको मृत्यु भएको हो । बाँकेमा यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।


खबर सबै
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
रास्वपा कपिलवस्तु जिल्ला अधिवेशन : आकांक्षि धेरै, सहमति की निर्वाचन ?
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
रास्वपाको जिल्ला अधिवेशन : कपिलवस्तुसहित आज ३६ जिल्लामा हुदै











प्रतिक्रिया