उत्तर कोरियाद्वारा नयाँ प्रकारको ब्यालिस्टिक मिसाइल सार्वजनिक

 

काठमाण्डाै , माघ २

उत्तर कोरियाले नयाँ प्रकारको ब्यालिस्टिक मिसाइल सार्वजनिक गरेको छ ।

सरकारी सञ्चारमाध्यमले त्यसलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भनेर वर्णन गरेका बीबीसीले  जनाएको छ । प्योङयाङमा सैनिक परेडका क्रममा धेरै क्षेप्यास्त्र प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जोङ उनले अवलोकन गरेका खबरमा उल्लेख गरिएको छ ।

अमेरिकाको राष्ट्रपतीय चुनावमा निर्वाचित जो बाइडेनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको हो । उत्तर कोरियाले यसअघि नदेखिएका अस्त्रहरु अहिले सार्वजनिक गरेको विश्लेषकले बताएका छन् ।

 

प्रतिक्रिया

खबर सबै