मेस्सीको २ गोलमा बार्सिलोनाको जित, तेस्रो स्थानमा उक्लियाे

 स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ । गएराति भएकाे खेलमा बार्सिलाेनाले एथलेटिको बिल्वाओलाई ३-२ गाेल अन्तरले पराजित गरेकाे हाे ।

बार्सिलाेनालाई जित दिलाउनकाे लागि कप्तान लियोनेल मेस्सीको दुई गाेल गरे भने पेड्रीको एक गोल गरे । एथलेटिको बिल्वाओकाे लागि इनाकी विलियम्स र यकर मुनिएइनको गोल गरे । घरेलु मैदानमा खेल सुरू भएकाे तेस्रो मिनेटमा नै बिल्वाओले अग्रता लिएकाे थियाे । राहुल गार्सियाको पासमा इनाकी विलियम्सले गोल गर्दै बिल्वाओलाई अग्रता दिलाएका थिए । तर, बिल्वाओको त्यो अग्रता लामो समय टिकेन । १४औं मिनेटमा पेड्रीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

३८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-१ काे अग्रता दिलाए । उनले पेड्रीको पासमा गोल गरेका थिए । ६२औं मिनेटमा मेस्सीले एन्टोइन ग्रिजमनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । इन्ज्युरी समयमा इकर मुनिएइनले गोल गर्दै ३-२ बनाए ।

यो जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ७ तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ । पराजित बिल्वाओ २१ अंकसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया

खबर सबै