

मेस्सीको २ गोलमा बार्सिलोनाको जित, तेस्रो स्थानमा उक्लियाे

स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ । गएराति भएकाे खेलमा बार्सिलाेनाले एथलेटिको बिल्वाओलाई ३-२ गाेल अन्तरले पराजित गरेकाे हाे ।

बार्सिलाेनालाई जित दिलाउनकाे लागि कप्तान लियोनेल मेस्सीको दुई गाेल गरे भने पेड्रीको एक गोल गरे । एथलेटिको बिल्वाओकाे लागि इनाकी विलियम्स र यकर मुनिएइनको गोल गरे । घरेलु मैदानमा खेल सुरू भएकाे तेस्रो मिनेटमा नै बिल्वाओले अग्रता लिएकाे थियाे । राहुल गार्सियाको पासमा इनाकी विलियम्सले गोल गर्दै बिल्वाओलाई अग्रता दिलाएका थिए । तर, बिल्वाओको त्यो अग्रता लामो समय टिकेन । १४औं मिनेटमा पेड्रीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।
३८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-१ काे अग्रता दिलाए । उनले पेड्रीको पासमा गोल गरेका थिए । ६२औं मिनेटमा मेस्सीले एन्टोइन ग्रिजमनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । इन्ज्युरी समयमा इकर मुनिएइनले गोल गर्दै ३-२ बनाए ।
यो जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ७ तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ । पराजित बिल्वाओ २१ अंकसहित नवौं स्थानमा छ ।


खबर सबै
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ









प्रतिक्रिया