

पेरिसडाँडामा प्रचण्ड -माधव पक्ष नेकपाको स्थायी समिति बैठक जारी



काठमाडौं, पुस १९
नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक जारी रहेको स्थायी समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिए ।
स्थायी समिति बैठक अघि सचिवालय बैठक बसेको थियो ।
आजको स्थायी समिति बैठकमा संसद विघटनविरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् । त्यसपछि नेकपाको प्रचण्ड–माधव पक्ष उक्त असंवैधानिक कदमको विरोध गर्दै आन्दोलनमा छ ।
उसले शनिबार मात्रै एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संसद पुर्नस्थापना नभएसम्म आन्दोलन जारी राख्ने रणनीतिमा रहेको नेकपाको प्रचण्ड माधव पक्ष सातै प्रदेशमा आन्दोलनका कार्यक्रम शान्तिपूर्ण तर सशक्त बनाउने योजनामा छ ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया