रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग

कपिलवस्तु : रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि शुद्धोदन जनजीवन माध्यमिक विद्यालय, वाणगंगा–९, जिनुवाले रु. १ लाख ३० हजार ९ सय सहयोग गरेको छ।
विद्यालयले मानवीय सेवाको भावनासहित सञ्चालन गरेको सहयोग अभियानमा शिक्षक, विद्यार्थी, कर्मचारी तथा अभिभावकहरूको सहभागिता रहेको थियो। बाढीपीडितको पीडामा साथ दिने उद्देश्यले संकलित उक्त रकम मानवीय सहयोगका रूपमा प्रदान गरिएको विद्यालयले जनाएको छ।
प्राकृतिक विपत्तिका बेला पीडित परिवारलाई राहत पुर्याउन समुदायको सामूहिक प्रयास आवश्यक रहेको भन्दै विद्यालयले सहयोग अभियानमा सहभागी सबैप्रति आभार व्यक्त गरेको छ।
विद्यालयले “सानो सहयोग, ठूलो आशा” भन्ने भावनासहित गरिएको यस सहयोगले विपत्तिमा परेका परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गरेको छ।

खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की

प्रतिक्रिया