

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औँ अधिबशन सम्पन्न, पुन: डिपी खनालको नेतृत्व




बुटवल, पुस १८
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औँ अधिबशनले पुन: डिपी खनालको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराइ, सचिवमा कपिल ज्ञवाली, सहसचिबमा कृष्ण पाण्डे, कोषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् ।
त्यस्तैगरी समाजको सदस्यहरुमा अर्जुन कुवर, कमला पाण्डे (अधिकारी), जमुना पौडेल, बिजु पौडेल, सिता भट्टराइ, लिलाधर लुइटेल, लक्ष्मी घिमिरे, बिष्णु थापा, मेघराज भट्टराइ र फूलु सुनार चयन भएका छन् । बुटवलमा शनिबार भएको अधिबेशनले दुइ बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको निर्वाचन समितिका संयोजक हरिष ढकालले जानकारी दिए । यसअघि आयोजित खुल्लासत्रमा बोल्दै मानव अधिकारबादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको सनकको भरमा संसद भंग गरेको बताएका थिए ।
उनले संसद पुर्नस्थापना नगरिए संविधान फेल गराउने षडयन्त्र हुने चेताबनी दिए । ओलीले संबैधानिक कू गर्नु भएको छ भन्दै नेता पहाडीले न्यायालयमा विचाराधिन अवस्थामा रहेको संसद विघटनको मुद्दा पुर्नस्थापना पनि नहुने र बैशाखमा चुनाव पनि हुनै नसक्ने भएपछि बर्तमान कामचलाउ सरकार पनि अबैध हुने धारणा राखेका थिए ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया