

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औँ अधिबशन सम्पन्न, पुन: डिपी खनालको नेतृत्व



बुटवल, पुस १८
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औँ अधिबशनले पुन: डिपी खनालको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराइ, सचिवमा कपिल ज्ञवाली, सहसचिबमा कृष्ण पाण्डे, कोषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् ।
त्यस्तैगरी समाजको सदस्यहरुमा अर्जुन कुवर, कमला पाण्डे (अधिकारी), जमुना पौडेल, बिजु पौडेल, सिता भट्टराइ, लिलाधर लुइटेल, लक्ष्मी घिमिरे, बिष्णु थापा, मेघराज भट्टराइ र फूलु सुनार चयन भएका छन् । बुटवलमा शनिबार भएको अधिबेशनले दुइ बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको निर्वाचन समितिका संयोजक हरिष ढकालले जानकारी दिए । यसअघि आयोजित खुल्लासत्रमा बोल्दै मानव अधिकारबादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको सनकको भरमा संसद भंग गरेको बताएका थिए ।
उनले संसद पुर्नस्थापना नगरिए संविधान फेल गराउने षडयन्त्र हुने चेताबनी दिए । ओलीले संबैधानिक कू गर्नु भएको छ भन्दै नेता पहाडीले न्यायालयमा विचाराधिन अवस्थामा रहेको संसद विघटनको मुद्दा पुर्नस्थापना पनि नहुने र बैशाखमा चुनाव पनि हुनै नसक्ने भएपछि बर्तमान कामचलाउ सरकार पनि अबैध हुने धारणा राखेका थिए ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया