
पुर्वमाओवादी सांसद् ओली पक्षमा लागेपछि लुम्बिनी प्रदेशमा तरङ्ग


रुपन्देही, पुस १८
लुुम्बिनी प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद् दधिराम न्यौपाने नेकपा (केपी ओली पक्ष) मा लागेपछि तरङ्ग पैदा भएको छ । पूर्वमाओवादी धारका प्रत्यक्ष निर्वाचित सांसद् ओली पक्षमा खुलेर लागेपछि सो पक्ष हौसिएको छ भने प्रचण्ड–माधव नेपाल पक्ष थप चिन्तित बनेको छ ।
नेकपा विभाजित बनेसँगै सांसदहरु तानातानमा परेको अवस्थामा प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू अहिले सरकार पक्षतिर लागेको बताए ।
उनले रातोपाटीसँग भने, ‘को कता भनेर अबिर टीका लगाएर पार्टी प्रवेश गर्ने बिषय भएन । सर्मथन सडकमा गर्ने कि सरकारलाई गर्ने भन्ने हो । मैले अहिले सरकारलाई समर्थन गरेँ, अरु जिल्लास्तरमा साथीहरु पनि मसँगै सरकारको समर्थनमा जानु भयो ।’
अनुप बरालसहित जिल्ला स्तरका अन्य नेता ओली समूहमा रहेको उनले दावी गरे । न्यौपाने शुरुमा प्रचण्ड–नेपाल पक्षको भेलामा पुगेर सो कित्तामा रहेको सन्देश दिएका थिए । उनले रुपन्देहीको तिलोत्तमामा पूर्वमन्त्री घनश्याम भुषाल प्रमुम अतिथि बनेको भेलामा पुगेर सम्वोधन नै गरेका थिए ।
यहीबीचमा लुम्बिनी प्रदेश सरकारका मुुख्यमन्त्री शंकर पोखरेलको चलखेलमा ओली पक्षतिर लागेका बताइएको छ । अहिले पोखरेल पद जोगाउन सांसद आफ्नो समूहमा तान्ने अभियानमा छन् ।
प्रदेशसभामा ६१ सांसद रहेकोमा पूर्वमाओवादीका २० सांसद रहेका छन् । अहिले सांसद् न्यौपाने ओलितिर लागेपछि वर्तमान पोखरेल नेतृत्वको प्रदेश सरकार थप मजबुत बनेको छ । लुम्बिनी प्रदेश नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले अन्य पूर्वमाओवादीका सांसदलाई पनि आफूतिर तान्नका लागि छलफल भइरहेको दावी गरे ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया