कतारमा हुनेछ विमल र विक्रमको शल्यक्रिया

काठमाडौँ, पुस १३

नेपाली राष्ट्रिय फुटबल टिमका चोटग्रस्ट दुई खेलाडी विमल घर्तीमगर र विक्रम लामाको शल्यक्रिया कतारमा हुने भएको छ । कतारको विश्वप्रसिद्ध अस्पेटारमा उनीहरुको उपचार गर्न लागिएको हो ।

तस्बिर : एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा) को आग्रहमा कतारी फुटबल संघले शल्यक्रियाको व्यवस्था मिलाइदिएको हो । राष्ट्रिय टिमको प्रशिक्षणका क्रममा गत साता मात्रै विमल घाइते भएका थिए ।

उनको चोट गम्भीर रहेकाले उपचारपछि फेरि मैदानमा फर्कन लामै समय लाग्न सक्ने बताइएको छ । विक्रमको शल्यक्रिया भइसकेको खुट्टामा थप समस्या देखिएको थियो ।

प्रतिक्रिया

खबर सबै