

बुटवलको कोरोना अस्पतालको आईसियुबाट भागे कोरोना संक्रमित



लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित बुटवल धागो कारखानास्थित कोरोनो विशेष अस्पतालको आईसियुमा रहेका विरामी भागेका छन ।
अस्पताल स्रोतका अनुसार गत बुधबार अस्पताल भर्ना भएकाबुनी आइतबार विहान ५ बजे अस्पताल परिषरबाट भागेका हुन । बुटवल उपमहानगर १३ बेल्बासका ५५ बर्षिय पुरुष अस्पतालबाट भागेका हुन् ।
आइतबार बिहान परिवारले बिरामीसँग सम्पर्क गर्न खोज्दा अस्पतालमा बिरामी नभएको बिरामीकी श्रीमतीले जानकारी दिइन् ।उनले भनिन, ‘अहिले बिरामीको फोन अफ छ, कहाँ छन् पत्तो छैन ,खोजी गर्नुपर्यो । अस्पतालकै लापरवाहीले गर्दा हो ।’उता अस्पताल प्रशासनले पिसाब फेर्न भनेर शौचालय गएका विरामी भागेको बताएको छ ।
अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले भने, ‘हिजो साँझ घर जान्छु भन्नुभएको थियो । आज बिहान ६ बजेतिर पिसाब फेर्न शौचालय जान्नु भनेर निस्कनुभएको थियो ,भाग्नुभएछ । हामी खोजी गरिरहेका छौं ।’ याे घटनाले अस्पतालको प्रशासन र ब्यबस्थापन कस्ताे रहेछ भन्ने प्रश्न समेत उठेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया