
बुटवलको कोरोना अस्पतालको आईसियुबाट भागे कोरोना संक्रमित

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित बुटवल धागो कारखानास्थित कोरोनो विशेष अस्पतालको आईसियुमा रहेका विरामी भागेका छन ।
अस्पताल स्रोतका अनुसार गत बुधबार अस्पताल भर्ना भएकाबुनी आइतबार विहान ५ बजे अस्पताल परिषरबाट भागेका हुन । बुटवल उपमहानगर १३ बेल्बासका ५५ बर्षिय पुरुष अस्पतालबाट भागेका हुन् ।
आइतबार बिहान परिवारले बिरामीसँग सम्पर्क गर्न खोज्दा अस्पतालमा बिरामी नभएको बिरामीकी श्रीमतीले जानकारी दिइन् ।उनले भनिन, ‘अहिले बिरामीको फोन अफ छ, कहाँ छन् पत्तो छैन ,खोजी गर्नुपर्यो । अस्पतालकै लापरवाहीले गर्दा हो ।’उता अस्पताल प्रशासनले पिसाब फेर्न भनेर शौचालय गएका विरामी भागेको बताएको छ ।
अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले भने, ‘हिजो साँझ घर जान्छु भन्नुभएको थियो । आज बिहान ६ बजेतिर पिसाब फेर्न शौचालय जान्नु भनेर निस्कनुभएको थियो ,भाग्नुभएछ । हामी खोजी गरिरहेका छौं ।’ याे घटनाले अस्पतालको प्रशासन र ब्यबस्थापन कस्ताे रहेछ भन्ने प्रश्न समेत उठेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया