

झोलुंगे पुलमा टिकटक बनाउँदा खसेर घाइते भएका युवकको मृत्यु

दाङ, पुस ६
टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ।
सोमबार बिहान करिब साढे ७ बजेतिर बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ती युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए। तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २४ वर्षीय रमेश थापा गत शनिबार दिउँसो २ बजेतिर बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा खस्दा गम्भीर घाइते भएका थिए।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया