कपिलवस्तु २ पुस ।
लुम्बिनी प्रदेशबासीले अपेक्षा गरे अनुरुपको शान्ति सुव्यवस्था कायम गर्न प्रदेश सरकार गम्भिर भएर लागेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बताउनु भएको छ । बिहिबार कपिलवस्तुको तौलिहवामा आयोजित जिल्ला स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री केसीले यस्तो बताउनुभएको हो । उहाले अहिलेसम्म मन्त्रालयले प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्दै आइरहेको र त्यसमा पनि जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको मात्र उपस्थिति रहँदै आएको बताउनुभयो ।
तर अबदेखि प्रत्येक जिल्लामा पुगेर सबै माथि देखी तल्ला तहका सुरक्षा निकायका युनिटहरुसँग बसेर सुरक्षा चासोमा छलफल गर्ने र गुनासाहरु सुन्ने कार्यक्रमलाई अघि बढाईरहेको वताउनु भयो । यसैक्रममा बिहिबार कपिलवस्तुमा पनि आएको बताउदै प्रहरीहरुबिचको सम्बन्ध तथा समन्वयलाई मजबुद बनाउदै उनीहरुका समस्याको हल खोजिने स्पष्ट पार्नूभयो । जिल्लामा कोभिडको पछिल्लो अवस्थाका साथसाथै सबै सुरक्षा युनिटहरुको सुरक्षाको अवस्था, भौतिक संरचनाको अवस्था, बिकास, अपराध, सीमाको अवस्था तथा अन्य समस्याहरु के के छन ती सबैको निकास निकाल्नका लागि जिल्लामा सुरक्षा गोष्ठीको आयोजना गरिएको मन्त्री केसीले चर्चा गर्नु भयो । मन्त्री केसीले आगामी दिनमा सुरक्षा रणनीति तयार पार्न र सुरक्षा अवस्थालाई थप सुदृढ गर्न गोष्ठीबाट आएका निष्कर्षले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
गोष्ठीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जिल्ला भित्रका सबै सुरक्षा निकायकाहरुको पछिल्लो समग्र अवस्था ,समस्या ,चुनौती लगाएत बिषयमा मन्त्री समक्ष जानकारी गराउनु भएको थियो । सुरक्षा गोष्ठीमा जिल्ला सबै सुरक्षा निकायका माथिल्ला देखी तल्ला निकायका युनिटहरुको उपस्थिती रहेको थियो ।


शान्ति सुव्यवस्था कायम गर्न प्रदेश सरकार गम्भिर भएर लागेको छ: कानूनमन्त्र





खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी












प्रतिक्रिया